बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

महाकुम्भमा कसरी गणना गरिएको थियो करोडौँ मान्छेको भीड ?

बिहीबार, १५ फागुन २०८१, १५ : ५२
बिहीबार, १५ फागुन २०८१

नयाँ दिल्ली । बुधबार प्रयागराजमा सकिएको महाकुम्भ मेलामा ६४ करोड मान्छेले स्नान गरेको अनुमान गरिएको छ । ४५ दिनसम्म हरेक दिनको हिसाब गर्ने हो भने एक दिनमै डेढ करोडभन्दा बढी हुन आउँछ ।

 यति धेरै मान्छेको भिड अनि एउटै मान्छे पनि त कयौं पटक आएर गएको हुन सक्छ । मेलामा को आयो ? अनि को गयो ? भन्ने रेकर्ड कसरी राखियो भन्ने उत्सुकता धेरैको मनमा हुन सक्छ । 

यस वर्षको महाकुम्भमा भीडको व्यवस्थापन गर्न र मान्छेको सङ्ख्या गन्न कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोग गरिएको थियो । 

महाकुम्भ मेला २०२५ को जनवरी १३ मा सुरु भएको थियो । तर एआईको प्रयोगको तयारी भने झन्डै एक वर्ष अगाडि नै सुरु गरिएको थियो । भीडको जनघनत्व र सङ्ख्या अनुमान गर्न अनि मान्छेको व्यवहार कम्प्युटर भिजनमा आधारित एआई मोडलको प्रयोग यस अघि २०२४ को माघ मेलाबाट सुरु गरिएको थियो । सोही सेटिङलाई महाकुम्भमा पनि प्रयोग गरियो । 

'महाकुम्भ अद्वितीय समारोह हो, यहाँ कुनै पनि कुरा पूर्व निर्धारित हुन्न, विश्वमा अन्य कुनै ठुलो कार्यक्रम नभएसम्म हामीले अघिल्लो महाकुम्भको डेटाको पनि सर्पोर्ट पाएका थियौँ । हाम्रो टिम जति बेला पनि जमिनमै थियो अनि प्रयागराजको कमान्ड सेन्टरमा विकास टिमलाई निकै तालिम दिइएको थियो, उनीहरूलाई पुनः तालिम दिइयो अनि डेटाको एनोटेशनले परिपक्व र स्थिर प्रणाली बनाउन थप मद्दत गर्‍यो,’ महाकुम्भमा एआई जडानको काम गर्ने कम्पनी भेहान्त टेक्नोलोजिजका बिजनेस यूनिट हेड शैलेन्द्र कुमार सिंहले भने ।  

कम्प्युटर भिजन मोडलले मेशिनलाई क्यामराबाट प्राप्त भएको भिजुअल डेटा केलाउन र व्याख्या गर्न सक्ने बनाउँछ । यो मान्छेको दृष्टि जस्तै नै हो । तर यो महाकुम्भ जस्ता ठुला र जटिल खालको भेलामा तत्कालै जे भइरहेको छ त्यसको रियल–टाइम निगरानी र अन्तर्दृष्टि निकाल्न सक्ने गरी परिष्कृत भने हुन्नन् । विश्वभर अनेक प्रविधि प्रदायकले फरक खालको मोडल चलाइरहेका हुन्छन् । तर आफूहरूले कस्टम मोडलमा काम गर्नु परेको सिंहले भने । महाकुम्भ सुरु हुनुभन्दा तीन महिना अघि, जमिनमा काम गर्ने टोलीले  क्यामरालाई कुन –कुन ठाउँमा लगाउने भनेर साइट सर्भे गरेका थिए । मुख्य मुख्य स्थानमा कूल १ हजार ७०० वटा क्यामरा जडान गरिएको छ । भीडको रियल टाइम एनालिटिक्स निकाल्न भनेर मात्रै ५०० एआईबाट चल्ने क्यामरा जडान गरिएको थियो । 

  • महाकुम्भको एआई–आर्किटेक्चर 

मेलाका लागि बनाइएको ठाउँहरूमा राखिएका क्यामरालाई अप्टिकल फाइबर नेटवर्कसँग जोडिएको क्यामरासँग कनेक्ट गरिएको थियो । एआईसँग मिलेर लाइभ फुटेजले भने भिडको जनघनत्व अनुमान गर्ने र मान्छेको सङ्ख्या गर्ने दुई वटा काम गरेको थियो । यसबाट प्राप्त डेटालाई फेशियल रिकग्निशन क्यामरा प्रयोग गरेर अरू परिष्कृत पारिन्थ्यो अनि अन्त्यमा यसलाई अन्तिम डेटा निकाल्न बिजनेस अल्गोरिदमबाट प्रोसेस गरियो । त्यसपछि यो डेटालाई वर्गीकृत गरेर प्रयोगराजको इन्टिग्रेटेड कमान्ड एन्ड कन्ट्रोल सेन्टरले एक्सेस गर्न सक्ने ड्याशबोर्डमा सार्वजनिक गरिन्थ्यो ।  

‘एउटा एआई मोडल भीडको जनघनत्वको डेटा निकाल्नका लागि थियो भने अर्को मोडल मोल स्थलभित्र छिर्ने र निस्कने घाट र बाटोमा थिए । अब हामीसँग दुई थरी सूचना थिए, एउटा मानिसहरू घाटमा पुगेकोबारे थियो भने अर्को निश्चित समयमा पहिला नै त्यही भइसकेकाहरूको । यी दुबै डेटालाई को–रिलेट गरियो अनि अल्गोरिदम बिजनेस टुलको सहयोगमा हामीले अरू तर्कसंगत र निष्कर्षमूलक सूचना निकाल्यौं,’ महाकुम्भमा भीड गन्ने प्रक्रियाबारे कुमारले  विस्तारमा भने । 

महाकुम्भमा आएका कुल तिर्थालुको संख्याले अल्गोरिदमले डेटा क्लिन गरेपछिको एकत्रित नम्बर हो । ‘कुनै मान्छे दुई पटक महाकुम्भमा आएको छ भने  उसको गणना दुई पटक हुन्छ । यो नै टाउको गन्ने आधार हो । तर मेलाको  स्न्यापशट छ, हामीले यति बेलाको कुरा गर्छौ भने यसले अहिलेकै  नम्बर देखाउँछ , अर्थात् यसले फरक आलको प्यारामिटरको प्रयोग गर्छ अनि अन्तिम तथ्याङ्क उपलब्ध गराउने सङ्ख्याहरूलाई क्रस–कोरिलेट गर्छ ।’ आईपीएस तथा प्रयागराजमा आईसीसीसीका इन–चार्ज अमित कुमारले भने । 

यो प्रणालीले भीडको सङ्ख्या गन्न दुई थरी प्राइमरी एआई मोडलको प्रयोग गरेको थियो । भीडको जनघनत्वको नक्सा, स्क्यान निर्धारित क्षेत्रले हरेक फ्रेममा आउने मान्छेको टाउको गन्ने अनि सबै क्यामरामा देखिएको मान्छेको सङ्ख्या एक ठाउँमा जम्मा पारेर रियल–टाइममा मेलाको भीड अनुमान गरेको थियो । मान्छे गन्ने क्यामरा मेलाको प्रवेश र बहिर्गमन प्वाइन्टमा राखिएको र यसले निर्धारित स्थान भएर जाने सबैको हिसाब राख्ने उनले बताए । 

यति उन्नत र परिष्कृत एआई मोडलको प्रयोग गरिएको भएपनि यसको केही सीमा भने छन् । भिडको जनघनत्व निकाल्ने काम आवधिक स्क्यानमा आधारित हुने भएकोले एउटै मान्छेले फरक फरक दिनमा उही घाटमा गएको रहेछ भने हरेक पटक उसको गणना हुने सम्भावना रहन्छ । भीड गन्ने काम बाहेक पनि एआईमा आधारित क्यामरा वन–वे मूभमेन्ट निरीक्षण लगायत अन्य उद्देश्यका लागि पनि प्रयोग गरिएका थिए । यसमा कुनै पनि मान्छे भीड गइरहेको ठाउँभन्दा विपरीत तिर गइरहेको छ कि बार नाघिरहेको पो छ कि भनेर पनि हेरिएको थियो । यिनीहरूलाई पार्किङमा सवार साधनको व्यवस्थापन र सवारी साधनको ट्र्याक राख्न पनि प्रयोग गरिएको थियो । 

  • भविष्यमा यसको प्रयोग 

‘समय बित्दै जाँदा एआई मोडलहरू बढी अनुकूलनीय, शुद्ध र बाठा हुँदै गएसँगै पछिल्लो समय धेरै भीड हुने कार्यक्रम र समारोहहरूमा एआइएको प्रयोग बढ्दै गएको छ । सम्भावित सुरक्षा जोखिमको पहिचान गर्न  सक्ने गरी भविष्यमा यो तैनाथ हुन सक्छन्,’ शैलेन्द्र कुमार सिंह भन्छन् । बिहेभरिएल एनालिटिक्सले भिड कतातिर गइरहेको छ भनेर यसको ट्रेन्डको भविष्यवाणी गर्न सक्छ, सवारी साधनको प्रवाह अनुकूलन गर्न सक्छ र सुरक्षा तैनाथ आदिमा सघाउन सक्छ । स्वचालित दुघर्टना प्रतिक्रियाले भने मेडिकल इमर्जेन्सी, कोही मान्छे हरायो वा कानुनको पालना गर्न गरिने हस्तक्षेप आदिमा एआईमा आधारित अलर्ट जारीलाई सक्षम बनाउने शैलेन्द्र बताउँछन् । यी सबैलाई भविष्यमा सार्वजनिक जीवनमा पनि प्रयोग गर्न सकिने उनको भनाइ छ । यी प्रगतिका बावजूद पनि एआईमा सुधारको पर्याप्त ठाउँ छ । वातावरणको अवस्था, क्यामराको एङ्गल र रियल–टाइम एड्जष्टमेन्टका कारण अहिलेको भीडको सङ्ख्या गणनाको शुद्धता ९० देखि ९५ प्रतिशतको बिचमा छ । 

मान्छेको लागि मात्रै होइन एआई मोडलको लागि पनि महाकुम्भ जीवनमा एक पटक मात्रै देख्न पाइने भव्य समारोह हो । यसमा एआईले अभूतपूर्व स्तरमा भिजुअल डेटा सेट र फरक फरक व्यक्तिको व्यवहारिक जटिलतामार्फत आफूलाई सिकाउन सक्यो । यस्तो खालको समारोहले अर्धविकसित एआई मोडललाई पनि महत्त्वपूर्ण रियल–टाइम डेटा दिन्छ अनि भविष्यमा हुने यस्तै खालको ठूल्ठूला समारोह अनि कार्यक्रमका लागि आफूलाई तयार पार्न मद्दत गर्छ । ‘यो स्तरमा एआई प्रयोग भएको यो पहिलो केस हो । एआई मोडलले जुन तरिकाले सिकिरहेका छन्, यसलाई भविष्यमा हुने अन्य भव्य समारोह र कार्यक्रमहरूमा प्रयोग गरिनेछ,’ अमित कुमारले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप