सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : तोरण शीर्ष स्थानमा कायमै

सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरणविक्रम शाही लगातार शीर्ष स्थानमा कायमै रहन सफल भएका छन् । आज २–अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३–अन्डर २०३ सहित शीर्ष स्थानमा कायमै रहेका हुन् । उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे । ४–अन्डर ६८ सहित समग्रमा १२–अन्डर २०४ को स्कोरमा निरज दोस्रो स्थानमा कायमै छन्। अन्तिम १८ होलको खेल बाँकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए।
दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य दुवैले आज ६–अन्डर ६६ को सानदार प्रदर्शन गरे। समग्रमा ६–अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्। एमेच्योरतर्फ उनीहरूले शीर्षस्थान बाँडे। समग्रमा ५–अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४–अन्डर ६८ को स्कोर कार्ड तयार पारे। उनी पाँचौँ स्थानमा रहे। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले ३–अन्डर ६९ को स्कोर निकाले। समग्रमा ४–अन्डर २१२ सहित छैटौँ स्थानमा उक्लिए। आज १–अन्डर ७१ को स्कोरमा समग्रमा ३–अन्डर २१३ सहित दिनेश प्रजापति सातौँ स्थानमा छन्।
सञ्जय लामाले ३–अन्डर ६९ को स्कोर दर्ज गरे। समग्रमा भने २–अन्डर २१४ को स्कोरमा आठौँ स्थानमा रहेका छन्। समग्रमा इभन–पार २१६ स्कोर जोडेका रामे मगर र टंकबहादुर कार्कीले नवौँ स्थान बाँडे। रामेले २–अन्डर ७० र टंकले २–ओभर ७४ को स्कोर निकाले।
लगातार तेस्रो दिन पनि शीर्षस्थानमा रहने क्रममा तोरणले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। उनले छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा ११औँ र १२औँ होलमा एक–एक सट बचाएपनि १०औँ र १५औँ होलमा बोगीको सामना गरे। योसँगै ब्याक नाइन इभन–पार ३६ मा सकाए।
निरजले फ्रन्ट नाइन १–ओभर ३७ मा पूरा गर्ने क्रममा पाँचौँ र सातौँ होलमा बोगी प्रहार गरे। आठौँ होलमा एक सट बचाए। तर उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५–अन्डर ३१ मा सकाए। उनले १२औँ, १५औँ र १६औँ होलमा बर्डी प्रहार गर्दा ४–पारको १८औँ होलमा इगलको सफलता प्राप्त गरे।
एमेच्योर राहुलले तेस्रो र सातौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा बोगी खेपे। फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए। ब्याक नाइनमा राहुले सानदार प्रदर्शन गरे। १०औँ देखि १२औँ होलमा लगातार तीन बर्डी प्रहार गरे। यसपछि १५औँ र १६औँ होलमा पनि बर्डी प्रहार गर्न सफल रहे। उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए। यो नतिजावस उनी संयुक्तरुपमा तेस्रो स्थानमा उक्लिए। सद्भावले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौँ, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे। यसपछि १३औँ होलमा बोगी खेपे पनि ११औँ, १२औँ र १८औँ होलको बर्डीले ब्याक नाइन २–अन्डर ३४ मा सकाए। प्रतियोगिताको कुल नगद पुरस्कार राशि ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि समिति गठन
-
बैंकर्स संघको आश्वासन, ‘बैंकका कर्मचारीको ट्रेड युनियन अधिकार गुम्दैन’
-
एक घण्टामा ४४ लाखभन्दा बढीले हेरे सलमानको सिकंदरको टिजर
-
‘संविधान संशोधनमा महिलाका मुद्दा समावेश गरिनै पर्छ’
-
नाडाले भन्यो– राष्ट्र बैंकले सरकारको नीतिलाई उपेक्षा गर्यो
-
बंगलादेशमा विद्यार्थीहरूले खोले नयाँ पार्टी