बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
अपडेट

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते

बिहीबार, १५ फागुन २०८१, १५ : २७
बिहीबार, १५ फागुन २०८१

सुर्खेत । सुर्खेतमा बिहीबार फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दैलेखको दुल्लुबाट कर्णाली राजमार्ग हुँदे वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको उक्त गाडी वीरेन्द्रनगरस्थित बांगेसिमलमा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रविर विश्वकर्माले गाडीमा सवार १६ मध्ये १३ जना घाइते भएको जानकारी दिए । 

घाइतेहरुलाई प्रदेश अस्पताल, माया नर्सिङ होम र कर्णाली केयरमा पठाइएको उनको भनाइ छ । गाडी अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप