एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएर देश छाड्ने तयारीमा फखर जमान !

काठमाडौँ । पाकिस्तानका चर्चित क्रिकेटर फखर जमानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएर देश छाड्ने तयारी अगाडि बढाएका छन् । पाकिस्तानी सञ्चारमाध्यका अनुसार, यसका लागि उनले पाकिस्तानी क्रिकेट अधिकारी र परिवारका सदस्यसँग छलफल पनि गरिसकेका छन् ।
उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएर देश छाड्ने योजनामा रहेको दाबी समाचारमा गरिएको छ । घाइते भएका कारण उनले घरेलु मैदानमै जारी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पनि एक खेलमात्र खेले । पाकिस्तानी टोली पनि च्याम्पियन्स ट्रफीबाट बाहिरिइसकेको छ ।
जारी च्याम्पियन्स ट्रफी पाकिस्तानी टोलीको निराशाजनक प्रदर्शनपछि उनले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने योजना बनाएको बताइएको छ । समाचारमा जनाइए अनुसार, उनी सन्न्यास घोषणा गर्ने उपयुक्त अवसरको प्रतिक्षामा छन् ।
उनले जारी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डविरुद्धको खेल खेलेका थिए । उक्त खेलमा उनले २४ रन बनाएका थिए । त्यसपछि घाइते भएर उनी प्रतियोगिताबाट बाहिरिएका थिए । उनी सन्न्यासपछि देश छाडेर कहाँ जान्छन् भन्ने विषयमा समाचारमा केही उल्लेख गरिएको छैन ।
३४ वर्षीय फखर जमानले पाकिस्तानका लागि तीनवटै ढाँचाको क्रिकेट खेलेका छन् । उनले तीन टेस्टमा कुल एक सय ९२ रन बनाएका छन् । उनले ८६ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल तीन हजार ६ सय ५१ रन बटुलेका छन् ।
एकदिवसीय क्रिकेटमा उनले ११ शतक र १७ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित दुई सय १० रन हो । यसका अतिरिक्त उनले ९२ टी–२० अन्तर्राष्ट्रियमा कुल एक हजार आठ सय ४८ रन बनाएका छन् ।
उनले हालै सञ्चारकर्मीसँग कुरा गर्दै च्याम्पियन्स ट्रफी आफ्नो अन्तिम एकदिवसीय प्रतियोगिता हुने पनि बताएका थिए । स्वास्थ्य सम्बन्धी समस्याका कारण पनि उनले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिन खोजेको अनुमान गरिएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने फखर जमानलाई तत्काल एकदिवसीय क्रिकेटबाट सन्न्यास नलिन सुझाव दिएको छ । पीसीबीका केही बरिष्ठ अधिकारीहरुले उनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न सुझाव दिएको पनि समाचारमा जनाइएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
-
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र
-
बागमतीको सर्वदलीय बैठक सर्यो, मङ्गलवार बिहान ८ बजे बस्ने
-
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह
-
माओवादीमा टीके प्रथा अन्त्य, एकपछि अर्को भ्रातृ संगठनमा प्रत्यक्ष निर्वाचन
-
राप्रपा अध्यक्ष लिङ्देनको प्रश्नः सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ?