नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरूले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिन भन्दा माथि व्यतीत भएका बीमालेखहरूमा मिति २०८१/११/१५ देखि २०८२/०२/१३ गते सम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए । उनले सीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतीत भएका बीमालेखहरू समयमा नै नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधान संशोधनमा महिलाका मुद्दा समावेश गरिनै पर्छ’
-
नाडाले भन्यो– राष्ट्र बैंकले सरकारको नीतिलाई उपेक्षा गर्यो
-
बंगलादेशमा विद्यार्थीहरूले खोले नयाँ पार्टी
-
नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?
-
फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा