राजेन्द्र महतोको प्रश्न: मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पीएसओलाई बिना कारण सरकारले फिर्ता बोलाएको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?’ भन्दै मुकुमलुङ घटनाबारे छानबिन हुनुपर्ने समेत माग गरे ।
नेपाली सेनाले समयमै मुकुमलुङ घटना बारे सरकारलाई सचेत गराएको भन्दै उनले सेना धन्यवादको पात्र रहेको बताए ।
उनले प्रहरीको संरक्षणमा आफू र आफ्ना पार्टीका कार्यकर्तामाथि ताप्लेजुङमा कुटपिट भएको आरोप लगाउँदै त्यसमाथि छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरे ।
‘मुक्कुमलुङ बचाउ पदयात्रा’ पश्चात् फागुन ८, ९ र १० गते राज्यबाट भएको दमन मानवता विरुद्धको अपराध साबित भएको आरोप उनले लगाए ।
फागुन ८ गते आफूहरू होटेलमा बस्दा जिल्ला प्रहरी प्रमुखले नै खाना र पानी किन दिएको भनेर होटेल व्यवसायीलाई थर्काएको उनले दाबी गरे । राति १२ बजे निस्कनु भनेर प्रशासनले भनेको र बाहिर निस्कँदा आक्रमणको प्रयास भएको उनले बताए ।
प्रहरीको मौनता रहस्यमय रहेको बताउँदै उनले फागुन १० गते काफ्ले पाटीदेखि फुङलिङसम्म मशाल जुलुस प्रदर्शन गर्दा शङ्कास्पद ढंगले हस्तक्षेप भएको बताए ।
मुक्कुम्लुङ आस्थाको, सांस्कृतिक र पर्यावरणीय संरक्षणको स्थल भएकाले नो केबलकार आन्दोलन भूमाफिया र दलालहरूको षड्यन्त्रको विरुद्ध आम जनताले संघर्ष गरिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म