बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

बिहीबार, १५ फागुन २०८१, १४ : ३८
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । नेपालमा सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । बिहीबार विश्व प्रोटिन दिवस २०२५ को अवसरमा ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । 

प्रोटिनयुक्त आहारको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै सन्तुलित पोषणलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण छ । 

कार्यक्रमका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा सन्तुलित पोषणको आवश्यकता र प्रोटिनयुक्त आहारको महत्वबारे प्रकाश पारेका छन् । 

डा. अशेष भट्टराईले नेपालको कुखुरा उद्योगले प्रोटिन अभाव हटाउनमा योगदान दिएको बताए । त्यस्तै, चरायु अस्पताल तथा नेपाल डायटिसियन एसोसिएसनकी उपाध्यक्ष रडायटिसियन रश्मि बजिमाया श्रेष्ठले मानव स्वास्थ्यमा प्रोटिनको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । 

कार्यक्रम राइट टु प्रोटिन नेपाल, नेपाल फिड इन्डस्ट्रीज एसोसिएसन, नेपाल ह्याचरी एसोसिएसन, नेपाल लेयर्स पोल्ट्री फार्मर्स एसोसिएसन, पशुपन्छी औषधी व्यवसायी संघ नेपाल र युसेकले आयोजना गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप