बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल

बिहीबार, १५ फागुन २०८१, १४ : ३५
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारले संसदमा प्रस्तुत गरेको भूमि अध्यादेश बारे बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । जसपा नेपाल निकट बौद्धिक पेशाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञहरूको सहभागितामा भूमि अध्यादेश उपर बृहत् अन्तरक्रिया गर्न लागेको हो ।

काठमाडौँको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटको मैत्री हलमा शुक्रवार दिउँसो आयोजना हुने उक्त अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख वक्ताको रूपमा आमन्त्रित गरिएको छ ।

यसैगरी, एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका उपाध्यक्षद्वय राजकिशोर यादव र मृगेन्द्रसिंह यादवलाई प्रमुख वक्ताको रूपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

विज्ञ वक्ताको रूपमा विजयकान्त कर्ण, डा.उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव र नागेन्द्रप्रसाद यादवलाई आमन्त्रित गरिएको छ । सरकारले ल्याउन लागेको ६ वटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हितमा नरहेको किटान गर्दै जसपा नेपालले त्यसको विपक्षमा मतदान गर्ने यसअघि नै औपचारिक निर्णय गरिसकेको छ ।

भूमि अध्यादेश पारित भए देशभरिकै सार्वजनिक जग्गाको चरम दुरुपयोग हुने भन्दै जसपा नेपालको अडानले गर्दा ती अध्यादेशहरू अहिले संसदमा अलपत्र परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप