युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ पनि यूरोपको जिम्मामा

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने कुरा युरोपको हातमा रहेको बताएका छन् । यसमा अमेरिका पनि सामेल हुनेछ भन्ने कुनै ग्यारेन्टी नभएको उनको भनाइ थियो ।
आफ्नो दोस्रो कार्यकालको मन्त्रिपरिषद्को पहिलो बैठक र ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँगको भेटअघि ट्रम्पको यो बयान आएको हो । रुसलाई फेरि आक्रमण गर्नबाट रोक्न अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनुपर्नेमा स्टार्मरले जोड दिँदै आएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार ‘अहम् सम्झौता’ मा हस्ताक्षर गर्न अमेरिका आउँदैछन् भनेर यसअघि नै ट्रम्पले भनेका थिए । अमेरिकाले अहिलेसम्म युक्रेनलाई दिएको आर्थिक सहायताको बदलामा अनि भविष्यमा उसले पाउने सहायता अनुसार ट्रम्पले युक्रेनसँग दुर्लभ खनिज सम्झौता गर्न खोजिरहेका छन् ।
सम्झौताअघि नै दुई देशका अधिकारीहरूले सम्झौताका शर्तहरूमा सहमति जुटाइसकेको एक वरिष्ठ युक्रेनी अधिकारीले बताएको भन्दै बीबीसीले समाचार छापेको थियो । ट्रम्पले युक्रेनको दुर्लभ खनिज पदार्थ प्रयोग गरेर ५ खर्ब डलर कमाउने शर्त राखेका थिए । तर पछिल्लो समय अमेरिकाले यो सर्त त्यागेको भन्दै समाचारहरू आएका छन् ।
पछिल्लो सहमतिमा के– के बुँदा समावेश छ भन्ने खुलासा हुन सकेको छैन । अमेरिकाले युक्रेनको नेटो सदस्यता पूरै खारेज गरिसकेको छ । तर युक्रेनले भने दुर्लभ धातु र खनिज चलाउन दिएबापत अमेरिकाबाट सरक्षा ग्यारेन्टीलाई मुख्य सर्त बनाएको थियो । ट्रम्पले यो पनि अब युरोपको जिम्मा छाडिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ