बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आर्थिक विवरण

एमालेको एक वर्षको आम्दानी : १४ करोड ७९ लाख रुपैयाँ

बिहीबार, १५ फागुन २०८१, १३ : ५८
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । नेकपा एमालेले आर्थिक वर्ष (२०८०/८१) मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै पार्टीले सोही वर्ष ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको निर्वाचन आयोगलाई बुझाएको विवरणमा छ । 

आम्दानी र खर्चको हिसाबमा हाल सो पार्टीसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत रहेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष एमालेको आम्दानी बढेको देखिएको छ । अघिल्लो वर्ष ८९ लाख ७२ हजार २६५ रुपैयाँ आम्दानी गरेकोमा यसपटक बढाएको हो ।  

निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरणमध्ये अन्य दलहरूको तुलनामा एमाले सबैभन्दा धनी पार्टी देखिएको छ । 

एमालेले आफ्नो आम्दानीको स्रोत पार्टी सदस्यता शुल्कमार्फत २०८०/८१ मा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ सङ्कलन गरेको देखाएको छ । 

uml

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप