अमेरिकाले फेरि संघीय कर्मचारीको कटौती गर्दै अमेरिका

वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय एजेन्सीहरूलाई ठुलो मात्रामा कर्मचारीहरूलाई हटाउन निर्देशन दिएको छ । ट्रम्पले मन्त्रिपरिषद्को पहिलो बैठकपछि यस्तो निर्देशन दिएको समाचारमा उल्लेख छ ।
ट्रम्पको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रशासनिक खर्च घटाउन खडा गरिएको सरकारी दक्षता विभाग (डज)का प्रमुख एलन मस्क पनि उपस्थित थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प प्रशासनले जारी गरेको नयाँ मेमोमा संघीय कर्मचारीहरूको सङ्ख्या घटाउन मार्च १३ सम्ममा योजना बनाउनुपर्ने उल्लेख गरिएको छ ।
लागत घटाउन गरिएको कर्मचारी बर्खास्तीबाट यस अघि नै ठुलो सङ्ख्यामा संघीय कर्मचारीहरू पीडित भइसकेका छन् । नयाँ निर्देशनमा कति कर्मचारी हटाइने भन्ने कुराचाहिँ उल्लेख गरिएको छैन ।
मन्त्रिपरिषद्को बैठकमा वातावरण संरक्षण एजेन्सीका प्रशासक ली जेल्डिनले १५ हजार कर्मचारीमध्ये ६५ प्रतिशतलाई हटाउने वाचा गरेको भने ट्रम्पले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना
-
५ वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउन सरकारलाई सुझाव
-
सुमित्राले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
-
भन्सारमा हुने चोरी पैठारी रोक्न करमाथि पुनर्मुल्याङ्कन गर्न सुझाव
-
गृहमन्त्रीको जवाफ : तीनकुने घटना आपराधिक, आइन्दा यस्तो हुन नदिन सरकार चनाखो छ
-
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव