बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन

बिहीबार, १५ फागुन २०८१, १३ : ४३
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष (२०८१/०८२) को माघ मसान्तसम्ममा ४५ करोड ५ हजार रुपैयाँको ३ हजार ३८४.९६ मेट्रिक टन सुपारी आयात भएको छ । 

उक्त परिमाणमा सुपारी आयात हुँदा ८३ करोड ३२ लाख ९६ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

सुपारीको भन्सार महसुल प्रतिकिलो १०० रुपैयाँ, अन्तःशुल्क १०० रुपैयाँका अतिरिक्त मूल्य अभिवृद्धि कर १३ प्रतिशत गरी जम्मा करिब २४० रुपैयाँ शुल्क छ । 

त्यसैले आयात मूल्यभन्दा राजस्व सङ्कलन बढी भएको देखिन्छ । चालु वर्षको सोही अवधिमा निर्यात भने शून्य देखिएको छ  ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप