बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अपडेटः ४ जना विदेशीले मलद्वारमा लुकाएर ल्याएका थिए सुन

बिहीबार, १५ फागुन २०८१, १३ : ३५
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । चार जना विदेशी नागरिकले मलद्वारमा लुकाएर नेपालमा सुन ल्याएको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनीहरूले अवैध ढंगले सुन ल्याएको पाइएपछि पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए । 

उनका अनुसार उज्वेकिस्तानका ती नागरिकहरूबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको छ । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष हुन् ।  जसमा ४९ वर्षीय फेजिभा साउदत, ४८ वर्षीय अख्मेदोभा उमेदा, ५४ वर्षीय मारिफालिभा र ४१ वर्षका तुरसुनोभ सारदोर रहेका छन् । 

उनीहरुलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाइएको प्रहरीले जनाएको छ ।  चारै जना फ्लाइ दुबईको विमानमार्फत गएराति काठमाडौँ आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप