सात जिल्लामा आगलागीका घटना : लाखौँको क्षति

काठमाडौँ । सात जिल्लामा आगलागीका घटना हुँदा लाखौँको क्षति भएको छ । प्रहरीका अनुसार काठमाडौँ, ताप्लेजुङ, बारा, सिराहा, ललितपुर लगायतका जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको हो ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–८ स्थित रेसम रायमाझीको घरमा डेरा गरी बस्ने रुकुम पूर्व घर भएका लोकराज घिमिरेको कोठामा करेन्ट सर्ट भई गए राति आगलागी हुँदा कोठामा रहेका विभिन्न सामानहरू जलेर करिब ९ लाख ९९ हजार रुपैयाँ बराबरको
धनमाल नष्ट भएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ कान्छी चोक बस्ने इन्द्रबहादुर निरौलाको घरमा विद्युत् सर्ट भई बुधवार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै बाराको सुवर्ण गाउँपालिका–३ बख्तौरास्थित घुरमा लगाएको आगो फैलिएर सोही ठाउँ बस्ने धर्मराज सहनी समेत ४ जनाको ४ वटा घर पूर्ण रूपमा जलेर करिब ४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बुधवार दिउँसो त्यहाँ आगलागी भएको हो ।
उता सिराहाको गोलबजार नगरपालिका–४ गोल चोकस्थित मिनी मार्केट बजारमा सोही नगरपालिका–४ बस्ने नईम मन्सुरीले सञ्चालन गरेको रेडिमेड कपडा पसलमा बुधवार बेलुकी आगलागी हुँदा पसल पूर्ण रूपमा जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही नगरपालिका–४ बस्ने छेदि साह तेलीको माही
इलेक्ट्रोनिक पसलमा समेत आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–३ टिकाथली करिडोरस्थित हिरा प्रधानको प्रधान अटो पार्ट इन वर्कसपमा बुधवार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हालसम्म खुलेको छैन ।
उता, मुगुको छायानाथ रारा नगरपालिका–९ बस्ने गोपाल बमको डाँफे होटेलमा गए राति आगलागी हुँदा होटल पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल नखुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै इलामको इलाम नगरपालिका–९ माईखोला बस्ने गोपाल पाठकले आफ्नै घरमा सञ्चालन गरेको भगवती माता टायर रिसोलिङ सेन्टरमा करेन्ट सर्ट भई गए राति आगलागी हुँदा घर र टायर रिसोलिङ गर्ने मेसिन आंशिक रूपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सबै घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा मुख्यमन्त्रीसँग सत्तारुढ दल कांग्रेस फेरि असन्तुष्ट
-
इन्डियन प्रिमियर लिग क्रिकेट : इङ्ल्यान्डका पूर्वकप्तान केभिन पिटर्सन दिल्ली क्यापिटल्सको मेन्टर
-
इलाममा गुन्जँदै कन्दरा
-
महाकुम्भमा कसरी गणना गरिएको थियो करोडौँ मान्छेको भीड ?
-
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : तोरण शीर्ष स्थानमा कायमै
-
नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसँगै मधानी महोत्सव सम्पन्न