शीतल निवासमा 'फेमार' काटेर राष्ट्रपतिले सुरु गरे ग्याल्पो ल्होसार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको बताए । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको तथा यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए ।
राष्ट्रपति पौडेलले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्ट पहिचान रहेको उल्लेख गर्दै शेर्पा तथा हिमाली आदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, सम्वर्धन तथा विकासमा आफ्नो पहिचान कायम राख्दै पर्यटन तथा आफ्नो व्यवसायमार्फत मुलुकलाई आर्थिक रूपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।
सो अवसरमा खेम्पो लामा आचार्यले ल्होसारका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा ल्होसारसम्बन्धी गित तथा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो । औपचारिक रुपमा ग्याल्पो ल्होसार शुक्रबार मनाइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा मुख्यमन्त्रीसँग सत्तारुढ दल कांग्रेस फेरि असन्तुष्ट
-
इन्डियन प्रिमियर लिग क्रिकेट : इङ्ल्यान्डका पूर्वकप्तान केभिन पिटर्सन दिल्ली क्यापिटल्सको मेन्टर
-
इलाममा गुन्जँदै कन्दरा
-
महाकुम्भमा कसरी गणना गरिएको थियो करोडौँ मान्छेको भीड ?
-
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : तोरण शीर्ष स्थानमा कायमै
-
नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसँगै मधानी महोत्सव सम्पन्न