बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

भूकम्पपछिको पुनःनिर्माणका लागि कहाँ-कहाँ खुल्दैछ प्राधिकरणको अस्थायी कार्यालय ?

बिहीबार, १५ फागुन २०८१, १२ : ३२
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरिने भएको छ । 

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको दाबी गरे । उनले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकाको पुनःनिर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए। सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि बताए । 
उनले भने, 'जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने गरेर हामी यो महिनाभित्र नै कार्यालय स्थापना गर्छौं । अब यो पुनःनिर्माण र पुनः स्थापनाको काम द्रुत गतिले अघि बढ्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप