विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौँ, बारा, रुपन्देही, पाँचथर, दाङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३२ तीनकुने मुनि भैरव नजिकै सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकल बुधवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीय रिता नेवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त मोटरसाइकललाई बा.०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल बा–५ ख १५४६ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको थियो । तीनवटै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बाराको महागढीमाई नगरपालिका–२ ईनर्वास्थित सडकमा वीआर ०१ एफके ९६४० नम्बरको मोटरसाइकल र ना–७ ख २९६६ नम्बरको टिपर एक आपसमा ठक्कर खाई बुधवार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट वृन्दावन नगरपालिका–१ विश्रामपुर टोल
बस्ने २० वर्षीय सैनिक पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको वयोधा अस्पताल पर्सामा उपचार भइरहेको
छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता रुपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीस्थित सडकमा लु. ४० प ६३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय चौथी बेल्दारको बुधवार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका–४ ओखरबोटेस्थित सडकमा मे.१ ज ३०७३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बुधवार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ बस्ने ३५ वर्षीय हेमराज योगीको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य १ जनालाई थप उपचारको लागि विएण्डसी अस्पताल झापा रिफर गरिएको छ ।
यता दाङको तुलसीपुर उपमहानगरपालिका–८ चमिखोलास्थित सडकमा रा.४ प ४४१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधवार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय कविराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते
भएका उनको नर्सिङ होम नेपालगन्ज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका- ६ सल्लाघारीस्थित सडकमा ना.५४ प १८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ६१ वर्षीय कमलबहादुर बोहोराको मृत्यु भएको छ । बुधवार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते
भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु