टिकटकमा ‘मायावी’ पाइरेसी, साइबर ब्युरो जाँदै निर्माता

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारबाट रिलिजमा आएको फिल्म हो ‘मायावी’ । बुधबार बिदाको दिनमा सुखद ओपनिङ गरेको फिल्मको कथालाई समेत दर्शकले मन पराएका छन् ।
तर, फिल्म ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ । फिल्मको महत्त्वपूर्ण दृश्य समेत टिकटकमा भाइरल छन् । जसले दर्शकको फिल्म प्रति उत्सुकतालाई कम गराउन सक्छ । टिकटकमा फिल्मको क्लाइमेक्स समेत खिचेर दर्शकले पोस्ट गरेपछि निर्माण पक्ष केही तनावमा पनि देखिएको छ ।
फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराई ले महत्त्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । उनले टिकटकमा आएको दृश्यको विषयमा निर्माता साइबर ब्युरोमा उजुरी दिने तयारी गरेको समेत जानकारी दिए ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्ममा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्मको वर्ड अफ माउथ बलियो भएको भन्दै निर्माण युनिटे आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते