विदेशी नागरिकलाई ‘गोल्ड कार्ड’ बेचेको पैसा के गर्लान् ट्रम्प ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्रै विदेशी धनाढ्यहरूलाई ‘गोल्ड कार्ड’ बेच्ने घोषणा गरेका थिए । ट्रम्प प्रशासनले केही हप्ताभित्रै यो कार्यक्रम सुरु गर्ने भएको छ ।
यसैबीच ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठकमा गोल्ड कार्ड भिसा बेच्न सुरु गर्नेबारे पनि कुरा गरेका थिए । ट्रम्पको यो कदम अमेरिकाको ऋणको भारी चुक्ता गर्ने दिशामा ठुलो कदम साबित हुन सक्छ ।
बैठकमा ट्रम्पले संघीय सरकारले पाउने नयाँ राजस्व देशको ऋण तिर्न प्रयोग गर्न सकिने बताए । ट्रम्पले बुधबार मात्रै गोल्ड कार्ड भिसा बेच्न सुरु गर्ने भनेका थिए । ५० लाख डलर तिर्नेलाई प्रशासनले यो भिसा दिनेछ ।
यो विदेशीका लागि अमेरिकामा ५० लाख डलर लगानी गरेर त्यहीको नागरिकता पाउने नयाँ तरिका हुनेछ । यसले ३५ वर्ष पहिले ल्याइएको ईबी–५ भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ । यसमा १० जनालाई रोजगारी दिने कम्पनीमा कम्तीमा आठ लाख डलर लगानी गर्ने लगानीकर्तालाई अमेरिकी भिसा दिँदै आइएको छ ।
आफ्नो प्रशासनले १० लाख वटा गोल्ड कार्ड बेच्न सक्यो भने यसबाट ५० खर्ब डलर अतिरिक्त राजस्व सृजना हुने र यो देशको ऋण कम गर्न प्रयोग गर्न सकिने ट्रम्पले बताए । यसले कम्पनीहरूलाई नयाँ कर्मचारीहरूको लागि भिसा प्राप्त गर्न सक्षम बनाउने र यो पहलले आर्थिक वृद्धिलाई बढवा दिनेमा समेत उनले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त