बर्दियामा होटलबाट ७ जना जुवाडे पक्राउ
बिहीबार, १५ फागुन २०८१, १२ : १५

बर्दिया । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको बाँसगढी नगरपालिका–५ बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय राम बहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार रूपैयाँ, मोबाईल ७ थान र ३ बुक तास सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।