रेफ्रीलाई भ्रष्टाचारी भनेपछि १५ खेलको प्रतिबन्धमा परे मार्सेलीका अध्यक्ष पाब्लो

काठमाडौँ । चर्चित फ्रान्सेली फुटबल क्लब मार्सेलीका अध्यक्ष पाब्लो लङ्गोरिया १५ खेलको प्रतिबन्धमा परेका छन् । फ्रान्सेली फुटबल लिगले अध्यक्ष पाब्लोमाथि १५ खेलको प्रतिबन्ध लगाएको हो ।
फ्रान्सेली लिगअन्तर्गत गत शनिबार खेलिएको आउक्सरेविरुद्धको खेलपछि मार्सेलीका अध्यक्ष पाब्लोले रेफ्रीमाथि पक्षपात र आर्थिक अनियमितताको गम्भीर आरोप लगाएका थिए । उक्त खेलमा आउक्सरेले मार्सेलीलाई ३–० गोलले हराएको थियो । उक्त खेलका क्रममा रेफ्रीले मार्सेलीका प्रभावशाली खेलाडी डेरेक कोमेलसलाई रातो कार्ड पनि देखाएका थिए ।
उक्त हारपछि आक्रोशित बनेका मार्सेलीका अध्यक्ष पाब्लोले रेफ्रीमाथि आर्थिक अनियमितता र पक्षपातको आरोप लगाएका थिए । सोही विषयमा उनीविरुद्ध फ्रान्सेली लिगमा उजुरी परेको थियो । अध्यक्ष पाब्लोले मार्सेली निरन्तर रुपमा संगठित षड्यन्त्रको शिकार भइरहेको गम्भीर आरोप पनि लगाएका थिए । त्यसपछि फ्रान्सको रेफ्री संघले पनि उनको प्रतिक्रियाको आलोचना गरेको थियो ।
आफूविरुद्ध उजुरी परेपछि अध्यक्ष पाब्लोले सार्वजनिक रुपमा माफी पनि मागेका थिए । तर, फ्रान्सेली लिगले घटनाको छानबिनपछि उनीमाथि १५ खेलको प्रतिबन्ध लगाउने निर्णय लिएको हो । प्रतिबन्धमा परेका अध्यक्ष पाब्लो अब आगामी १५ खेलसम्म फुटबलका कुनै पनि औपचारिक कार्यक्रम र गतिविधिमा संलग्न हुन पाउने छैनन् । उनले अब प्रतिबन्ध अवधिभर खेलाडीको ‘ड्रेसिङ रुम’ मा पनि पहुँच पाउने छैनन् ।
‘अध्यक्ष पाब्लोले अब १५ खेलसम्म कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुन पाउने छैनन् । खेलका क्रममा बेन्जमा पनि बस्न पाउने छैनन् । खेलाडीको ड्रेसिङ रुपमा पनि उनको पहुँच हुने छैन,’ फ्रान्सेली लिगको अनुशासन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जारी फ्रेन्च लिगमा मार्सेलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । २३ खेल खेलेको मार्सेली ४६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । २३ खेलबाट ५९ अंक जोडेको पेरिस सेन्ट जर्मन ९पीएसजी० तालिकाको पहिलो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रहेनन् हलिउड अभिनेता जिन ह्याकम्यान, पत्नी र कुकुर पनि मृत भेटिए
-
इलामको दानाबारीमा पिकअप भ्यान दुर्घटना, १५ जना घाइते
-
खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : मन्त्री यादव
-
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने
-
अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की
-
नेपालमा बीवाईडी हाई–टेक विक सुरु