बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

चिनियाँ कम्पनीले फिर्ता लियो एकल कर्मचारीलाई बिहे गर्न दिएको अल्टिमेटम

बिहीबार, १५ फागुन २०८१, ११ : १६
बिहीबार, १५ फागुन २०८१

बेइजिङ । तपाईंले काम गरिरहेको कम्पनीले तोकेरै यो महिनाभित्र तैँले बिहे गर्नै पर्छ भनेर अल्टिमेटम दियो भने तपाईँ के गर्नु हुन्छ ? चीनमा एउटा कम्पनीले आफ्ना अविवाहित अनि पारपाचुके गरेर बसेका कर्मचारीहरूलाई विवाह गर्न अल्टिमेटम दिएको थियो । तोकिएको समयमा बिहे गरेनन् भने जागिर गुमाउन सक्ने चेतावनी दिइएको थियो । 

शुन्टियन केमिकल ग्रुपले सेप्टेम्बर सम्ममा विवाह नगरे एक्ला कर्मचारीलाई बर्खास्त गर्ने धम्की दिएको थियो । यो नीतिका कारण कम्पनीले निकै आलोचना खेप्नुपरेको थियो । आलोचना, आक्रोश र सरकारी हस्तक्षेपपछि शान्डोङ समूहले यो अल्टिमेटम फिर्ता लिएको छ । यही वर्षको जनवरीमा, शुन्टियान केमिकल ग्रुपले २८ देखि ५८ वर्ष उमेरका कर्मचारीका लागि सेप्टेम्बरसम्ममा बिहे  गरेर घर बसाउनै पर्ने नीति ल्याएको थियो । 

मार्च महिनासम्म बिहे नगर्नेले निन्दा पत्र लेख्नुपर्थ्यो । जुन महिनासम्ममा बिहे नगर्ने व्यक्तिको मूल्याङ्कन गरेर सेप्टेम्बरसम्ममा बिहे गरेन भने उसलाई जागिरबाट निकालिने भनिएको थियो । तर पछि चिनियाँ मानवअधिकार तथा सामाजिक सुरक्षा ब्युरोले यस मामिलामा हस्तक्षेप गरेपछि र कम्पनीले नोटिस नै रद्द गर्‍यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप