बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
अपराध

३ केजी ४७५ ग्राम सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

बिहीबार, १५ फागुन २०८१, ११ : ००
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ४ जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए ।

आरोपीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको छ । पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर तुर्सुनोभ छन् । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी राठौरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप