बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईयूमाथि छिटै २५ प्रतिशत अतिरिक्त महसुलको घोषणा गर्दै छन् ट्रम्प

बिहीबार, १५ फागुन २०८१, १० : २३
बिहीबार, १५ फागुन २०८१

वासिङ्टन डीसी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)बाट आयात हुने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउँदै छन् । ईयूको गठन नै अमेरिकालाई ठग्न भएको भन्दै उनले इयूमाथि अतिरिक्त करको योजनाबारे बताएका हुन् । 

‘हामी छिटै यसको घोषणा गर्दैछौं ।’ आफ्नो मन्त्रीपरिषद्को पहिलो बैठकमा उनले पत्रकारहरूलाई भने । अतिरिक्त कर २५ प्रतिशतको हुने र यो कार र अन्य सबै वस्तुमा लागू हुने उनले बताए । 

अमेरिकाले लगाउने यो अनुचित अतिरिक्त महसुलको आफूले दृढताका साथ अनि तत्कालै प्रतिक्रिया जनाउने ईयूले भनेको छ । बैठकमा ट्रम्पले मेक्सिको र क्यानडामाथि अहिले रोक्का रहेको अतिरिक्त महसुल फेरि केही समय रोक्ने सम्भावना बढाएका थिए । यसमा समयसीमा तोकिएको भएपनि ट्रम्पले आगामी दिनमा सीमा सुरक्षामा मेक्सिको र क्यानडाले चाल्ने कदमहरू हेरेर यसमाथि पुनःविचार गर्ने बताइएको छ । 

बुधबार नै ट्रम्पले युरोपेली नीतिको आलोचना दोहोर्‍याउँदै युरोप आफ्नो नजरमा रहिरहेको स्पष्ट पारेका थिए । ‘ईयू अमेरिकालाई ठग्न बनाइएको हो, अनि यही नै उनीहरूको उद्देश्य हो र यो काम उनीहरूले निकै राम्रोसँग गरेका छन् ।’ उनले भने । ‘तर अब म राष्ट्रपति भएको छुँ,’ उनले भने । तर ईयूले भने ट्रम्पको दाबी खारेज गर्दै क्षेत्री बजारको सृजनाले अमेरिकी कम्पनीलाई युरोपमा व्यापार गर्न सजिलो भएको भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप