असममा ५.० रेक्टर स्केलको भूकम्प
बिहीबार, १५ फागुन २०८१, ०८ : ५९

काठमाडौँ । बिहीबार बिहान असमको मोरिगाउँ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मोरिगाउँ केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु आसामको मोरिगाउँमा १६ किलोमिटर गहिराइमा थियो । आसाम सबैभन्दा धेरै भूकम्प प्रभावित क्षेत्रमा पर्ने राज्य हो। त्यस्ता भूकम्पका झट्काहरू प्रायः त्यहाँ महसुस भएरहेका हुन्छन् ।