बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

माओवादी अभियान : प्रचण्डसहितको टोली सुनसरीमा

बिहीबार, १५ फागुन २०८१, ०७ : २८
बिहीबार, १५ फागुन २०८१

विराटनगर ।  नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत केन्द्रीय टोली सुनसरी पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरू आज सुनसरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । 

अभियान अन्तर्गत फागुन १६ मा सप्तरी, १७ गते सिराहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ । 

नवलपुरमा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता अग्नि सापकोटाले बताए । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप