कोपा डेल’रे सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिड विजयी
बिहीबार, १५ फागुन २०८१, ०५ : ४४

काठमाडौं । कोपा डेल’रे सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिड विजयी भएको छ । वुधबार राती भएको पहिलो लेगमा रियाल मड्रिडले रियाल सोसिडाडविरुद्ध १-० को जित निकाल्यो ।
रियाल मड्रिडलाई जिताउन एन्ड्रिकले निर्णायक गोल गरे । सान सेबेस्टियनस्थित रीले एरेनामा पहिलो हाफसँगै म्याच रोकिन पुग्यो । जब घरेलु टोली अर्थात् रियाल सोसिडाडले नस्लवाद स्वीकार नगरिने भनी प्रशंसकलाई स्मरण दिलायो । त्यसपछि भएको खेलमा दुबै टोलीबाट गोल हुन सकेन ।
अब यी दुईबीचको दोस्रो लेग अप्रिल १ मा रियाल मड्रिडको घरेलु मैदान बर्नबेउमा हुने बताइएको छ ।