बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

बिहीबारको दिन आज कसलाई कति लाभदायी ? हेरौँ राशिफल

बिहीबार, १५ फागुन २०८१, ०५ : २८
बिहीबार, १५ फागुन २०८१

आज विक्रम संवत २०८१ साल फाल्गुन १५ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी २७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्दशी, ५ घडी ७ पला, बिहान ८ बजेर ३६ मिनेट उप्रान्त औशी । नक्षत्र– धनिष्ठा, २३ घडी ३३ पला, दिउँसो ३ बजेर ५८ मिनेट उप्रान्त शतभिषा । योग–शिब, ४४ घडी ४८ पला, रातको १२ बजेर २८ मिनेट उप्रान्त सिद्ध । करण–शकुनी, बिहान ८ बजेर ३६ मिनेट उप्रान्त चतुष्पद, बेलुकी ७ बजेर ५१ मिनेट उप्रान्त नाग । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २ मिनेट । दिनमान २८ घडी ४४ पला ।

आजको बार बेला   
बिहान ०६ बजेर ३३ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर ५९ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ० मिनेटदेखि बिहान ९ बजेर २५ मिनेटसम्म उद्धेग बेला ।
बिहान ०९ बजेर २६ मिनेटदेखि बिहान १० बजेर ५१ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५२ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर १० मिनेटसम्म काल बेला ।
दिउँसो ४  बजेर ११ मिनेटदेखि बेलुकी ४ बजेर ३६ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ३७ मिनेटदेखि बेलुकी ७ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
नोट  : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर ९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ५७ मिनेटदेखि बिहान ५ बजेर ४५ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मनपरेको मानिसबाट उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । व्यापार तथा शेयरबजारमा लगानी गरेर नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरु हुनेछन् ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) व्यापार, उद्योग तथा वित्तीय बजारमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नया काम पाउने ,नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेकोछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) घर परिवार तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाव सिर्जना हुनेछ । र, पनि नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । धर्म संस्कृति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरीको यात्रा तय गर्न सकिनेछ ।  
 
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) अनावश्यक विवादमा फस्ने योग रहेकोछ, ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग सामान्य कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाव सिर्जना हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै व्यापार र शेयरबजारको लगानीबाट राम्रै आम्दानी हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) विवाद तथा प्रतिस्पर्धामा तपाईंको जित हुनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु जस्तै व्यापार, उद्योग तथा शेयर बजारको लगानी स्वस्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  सन्तान तथा परिवारले तपाईंको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईंको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नीबीच मनमुटाव बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) घर परिवार तथा आफन्तहरुमा स्वास्थ्य समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाव सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पतिमा विवाद सिर्जना हुन सक्छ, ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । र, पनि कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोषजनक नाफा कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले मन प्रफुल्लित हुनेछ । शेयर बजारमा साना तथा ठूला लगानीकर्ताको लागि समय उत्तम रहेकोछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिनेछ । विवादित विषयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने खानपान, मनोरञ्जन तथा भेटघाटमा समय व्यतित हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,,खु,खे,खो,गा,गी) बोल्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेकोछ । आफन्त तथा ईष्टमित्रसँग मनमुटाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला, सापटी लाने तथा अनाश्यक  ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । र, पनि सांगितिक क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय शुभ रहेकोछ, भने यात्रा हुने योग रहेकोछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । शेयरबजार, उद्योग तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा बृद्धि गर्न सकिनेछ । कलाकारिता तथा संगीत पेशा व्यवसायमा समय लगानी गर्नेहरुले प्रसस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेकोछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला, समय मध्ययम रहेकोछ । र, पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागि भने समय फलदायी रहनेछ । काम वा अध्ययनको शिलशिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप