प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
बिहीबार, १५ फागुन २०८१, ०५ : ०३

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल विजयी हुँदा दोस्रो स्थानको आर्सनल बराबरीमा रोकिएको छ । वुधबार राती लिभरपुलले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडविरुद्ध २-० गोल अन्तरको जित निकाल्यो ।
लिभरपुललाई जिताउन डोमिनिक स्जोबोस्जलाई र एलेक्सिस म्याक एलिस्टरले एक-एक गोल गरे । यो जितसँगै शीर्ष स्थानको लिभरपुलको २८ खेलबाट ६७ अंक भएको छ ।
उता, दोस्रो स्थानको आर्सन तेस्रो स्थानको नटिङघमसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ । दुबैले अंक बाँड्दा समान २७ खेलबाट आर्सनलको ५४ र नटिङघमको ४८ अंक भएको छ ।
प्रिमियर लिग मै ब्रेन्टफोर्ड र एभर्टनले समेत १-१ को बराबरी खेल्दै अंक बाँडे । ब्रेन्टफोर्ड तालिकाको ११ औं स्थानमा रहँदा एभर्टन १५ औं स्थानमा छ ।