बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’

बिहीबार, १५ फागुन २०८१, ०१ : १४
बिहीबार, १५ फागुन २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार अमेरिकामा एक ‘विशाल सम्झौता’मा हस्ताक्षर गर्ने बताएका छन् । 

ट्रम्पले अमेरिकी सहायता एवं सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेन आफ्नो खनिज सम्पदा बाँड्न तयार भएको व्याख्या गरिरहेका छन् । उनले भनेका छन्, ‘हामी यस्तो सम्झौता गर्न सक्षम भएका छौँ, जहाँ हामीलाई आफ्नो पैसा फिर्ता मिल्ने छ भने भविष्यमा ठूलो परिमाणमा थप पैसा मिल्नेछ ।’

उनले नागरिकको हत्या रोक्नका लागि रुस र युक्रेनसँग एक सम्झौता गर्न गइरहेको बताउँदै रुसले निशंकोच सहुलियतपूर्ण व्यवहार गर्नु पर्नेमा जोड दिएका छन् ।    

यसअघि जेलेन्स्कीले युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुनेबारे हालसम्म कुनै ग्यारेन्टी नभएको बताएका थिए । यद्यपि, आफुले युक्रेनका लागि सुरक्षा ग्यारेन्टी चाहेको र यो महत्वपूर्ण भएको उनको भनाइ छ । 

ट्रम्पले जमिनमा काम गर्ने अमेरिकी नै सुरक्षा ग्यारेन्टी रहेको प्रतिक्रिया दिँदै ‘जब हामी युक्रेनी भूमिमा हुनेछौँ त्यहाँ हाम्रो साथमा कोही कसैले खेलवाड गर्ने छैन’ भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप