आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड

काठमाडौं । इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ । समूह बी’मा रहेको इंग्ल्याण्ड लाहौरमा भएको आठौं म्याचमा अफगानिस्तानसँग ८ रनले हारेसँगै च्याम्पियन्स ट्रफी सेमिफाइनल दौडबाट बाहिरिएको हो ।
जो रुटले शानदार १२० रनको पाली खेल्दा अफगानिस्तानले दिएको ३२६ रनको चुनौति सामना गर्दा इंग्ल्याण्डका अन्य व्याट्सम्यान धेरै बेर क्रिजमा टिक्न सकेनन् । र, इंग्ल्याण्ड ३१७ रनमा अलआउट हुनपुग्यो ।
अफगानिस्तानका अजमुल्लाह उमरजई एक्लैले ५ विकेट लिएपछि इंग्ल्याण्ड विजयको आसपास पुगेर पनि असफल रहयो । सुरु व्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो ।
अफगानिस्तानका लागि उच्च योगफल तयार पार्न इब्राहिम जद्रान एक्लैले १७७ रनको योगदान दिए । उनले १४६ बल खर्चिएर २२६ मेडन राख्दै ६ छक्का र १२ चौका प्रहार गर्दै उच्च स्कोर गरेका हुन् ।
यस्तै, अलराण्ड प्रदर्शन गरेका अजमुल्लाह उमरजईले ४१ रन जोड्दा हशमतुल्लाह शाहिदी र मोहम्मद नाबीले समान ४०–४० रनको योगदान दिए । अफगानी प्रदर्शनलाई कमजोर पार्न ३ विकेट लिएका जोफ्रा आर्चरले इंग्याण्डलाई दोहोरो मद्दत गरे पनि हार टार्न भने सकेनन् ।