१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपाली विश्वविद्यालयमा पढ्न चाहेको खण्डमा आवेदन दिन आह्वान गरिएको छ । नेपालका विभिन्न तीन वटा विश्वविद्यालयहरूले सूचना जारी गर्दै नेपालमै क्रेडिट आवर ट्रान्सफर लिन खोजेको खण्डमा आवेदन दिन आह्वान गरेका हुन् ।
२. फोन लोन अन्तर्गत ऋण लिएर नतिर्ने ७४ व्यक्तिको नाम सार्वजनिक
नबिल बैंकले फोन लोन अन्तर्गत ऋण लिएर नतिर्ने ७४ व्यक्तिको नाम सार्वजनिक गरेको छ । बैंकसँग गरिएको कारोबारको इतिहासको आधारमा बैंकले विश्वास गरेर दुई लाख रुपैयाँसम्म बिना धितो ऋण दिएका ग्राहकले ऋण नतिरेपछि बैंकले नाम सार्वजनिक गरेको हो ।
३. अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको हो ।
४. सरकारसँग चार विकल्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार यतिबेला नेपालमा सञ्चालित एउटा महत्त्वपूर्ण सहयोग परियोजना रोकिएको छ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत २००४ देखि विभिन्न देशलाई प्रदान हुँदै आएको सहयोग ९० दिनका लागि स्थगित गरेको हो ।
५. गाँजाको व्यावसायिक खेती
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गाँजाको व्यावसायिक खेतीलाई वैधानिकता दिने बजेटको व्यवस्था कार्यान्वयनमा लैजाने तयारीबारे सरकारलाई प्रश्न गरे ।
६. संसदीय दलको विवाद
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रयास असफल भएको छ । संसदीय दलको नेता खगराज भट्टलाई बनाउने केन्द्रको निर्देशन र परिपत्र कार्यान्वयन नभएपछि प्रचण्डले संसदीय दललाई बुधबार निजी निवास खुमलटार बोलाएका थिए ।
७. प्रधानमन्त्री किन आक्रोशित
मंगलबार नेपाल मेडिकल कलेजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली शिक्षकप्रति आक्रोशित बने । सेवा–सुविधा बढाउनुपर्ने, स्थायी गराउनुपर्ने जस्ता माग उठान गर्दै आएका शिक्षकप्रति ओली आक्रामक रूपमा प्रस्तुत भए ।
८. अर्धवार्षिक समीक्षा
नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षाले खासै केही नयाँ व्यवस्था गरेको छैन । राष्ट्र बैंकले पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो ।
९. रवि थापा मृत्यु प्रकरण
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा फागुन १२ मा काठमाडौँको कलंकीमा अचेत अवस्थामा भेटिए । धादिङको धुनिवेशी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा साथीको डेरामा अचेत अवस्थामा फेला परेका हुन् ।
१०. पोखराको पानी
दुषित पानी पिउँदा मानिसमा विभिन्न खालका रोग लाग्न सक्छ । चिकित्सकहरूका अनुसार झाडापखाला, टाइफाइड, जन्डिसका साथै छाला सम्बन्धी विभिन्न रोग पानीकै कारण लाग्न सक्छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोगबाट बच्नु उत्तम उपाय हो भन्ने गरिन्छ । यद्यपि, पोखरा महानगरपालिकामा भने शुद्ध पानीको व्यवस्थामा सम्बन्धित निकायको बेवास्ता देखिन्छ ।
११. अध्यादेश अलपत्र
सरकारले विभिन्न मितिमा जारी गरेर संघीय संसद्मा पेस गरेका ६ वटा अध्यादेश एक महिनासम्म अलपत्र परेका छन् ।
१२. महाशिवरात्रि, सेना दिवस
भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ । \
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल