बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान

बुधबार, १४ फागुन २०८१, २२ : ३४
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (नेशनल प्याब्सन) का तीन पूर्वअध्यक्षहरूले यही फागुन  १५ र १६ गते हुने मधेस प्रदेशको वीरगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय महाधिवेशन वैधानिक हुने जिकिर गर्दै त्यसमा सहभागी हुन आह्वान जारी गरेका छन् ।

आसन्न महाधिवेशनका सन्दर्भमा पूूर्व अध्यक्षहरू गीता क्षेत्री, कर्णबहादुर शाही र ऋतुराज सापकोटाले आज संयुक्त आह्वान जारी गरेका हुन् । संस्थाका अध्यक्ष पाण्डव हमाल ठकुरी र पक्षले वीरगञ्ज र अर्का एक अध्यक्ष सुवास न्यौपाने पक्षले काठमाडौँ महाधिवेशन गर्ने भनी सूचना सम्प्रेषण गरेकामा बारा जिल्ला नेशनल प्याब्सनको संयोजन र मधेस प्रदेशका आठवटै जिल्लाको सहकार्यमा बारा जिल्लाको सिमरामा भएको केन्द्रीय पदाधिकारी तथा सदस्यबिच भएको छलफलमा आठौँ महाधिवेशनको मिति र स्थानका सम्बन्धमा निर्णय लिन आफूहरूसमेतलाई दिइएको जिम्मेवारीका आधारमा सो आह्वान गरिएको जनाइएको छ ।

तीन पूर्वअध्यक्ष र अध्यक्षद्वय ठकुरी र न्यौपानेसहितको पाँँच जनालाई सिमराको बैठकले सर्वसम्मत रूपमा मिति र स्थानबारे निर्णय लिन जिम्मेवारी दिएकामा छलफलका क्रममा केन्द्रीय समिति बैठकको निर्णयको वैधानिकताको प्रश्न उठेपछि दुवै पक्षलाई प्रमाणित निर्णय पुस्तिकाको प्रतिलिपि यही फागुन १० गतेभित्र बुुझाउन समय दिइएको थियो । 

उक्त अवधिमा एक पक्षले कैलालीको धनगढीमा भएको निर्णय पुस्तिका बुझाएको र अर्को पक्षबाट निर्णय पुस्तिकाको प्रतिलिपि प्राप्त नभएकाले केन्द्रीय समितिको धनगढीमा भएको सातौँ बैठकले गरेको निर्णयानुसार पर्साको वीरगञ्जमा यही फागुन  १५ र १६ गते हुने राष्ट्रिय महाधिवेशन वैधानिक हुने ठहर तीन पूर्व अध्यक्षहरूको रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप