बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम

बुधबार, १४ फागुन २०८१, २२ : १७
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भए पनि दुवै टोली गोल गर्नबाट चुकेको थियो । नेपालले गोलका लागि राम्रो अवसर गुमाएको थियो । दोस्रो हाफको ६१ औँ मिनेटमा म्यानमारले खेलमा अग्रता लियो । यू पर खियाङले टोलीका लागि पहिलो गोल गरिन् ।

दुई मिनेटपछि म्यानमारले अर्को गोल थप्यो । विन थिङयी टुनकौ प्रहार नेपाली खेलाडीलाई लाग्दै जाली चुम्न पुगेको थियो । त्यसपछि कुनै गोल हुन सकेन र म्यानम्यारले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

यसअघि समूह चरणको खेलमा पनि दुई टोली भिडेका थिए । सो खेल २–२ को बराबरीमा टुंगिएको थियो । खेल सकिएलगत्तै विजेता टोलीलाई पुरस्कार वितरण गरिएको थियो । 
हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रमका तस्बिरहरु :  (तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी )

women-c (1)women-c (2)women-c (3)women-c (4)women-c (5)women-c (6)women-c (7)women-c (8)women-c (9)women-c (10)women-c (11)women-c (12)women-c (13)women-c (14)women-c (15)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप