६०० जनाभन्दा बढीको सहभागितामा त्रिदेशीय पर्यटन प्रदर्शनी सम्पन्न
_nkar8LbuVm.jpg)
कास्की । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाको सहकार्यमा पोखरामा तीनदेखि सञ्चालित त्रिदेशीय पर्यटन प्रदर्शनी नेपाल इण्डिया चाइना एक्स्पो (नाइस–२०२५) आज सकिएको छ ।
छिमेकीमूलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजित प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० बिक्रेता, ७० क्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता रहेको थियो ।
प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र आतिथ्य सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरूबीच व्यावसायिक अनुभवको साथै नेटवर्किङ र व्यापार अवसर उपलब्ध गराएको जनाइएको छ । प्रदर्शनीले पोखरा यस्ता विशेष समारोह गर्न सक्षम छ भन्ने महत्त्वपूर्ण सन्देश दिएको पाटा नेपालका अध्यक्ष खेल लकाइले बताए । समग्र नेपालको पर्यटन प्रवर्द्धनमा प्रदशनी महत्त्वपूर्ण उपयोगी बनेको उनको भनाइ छ ।
प्रदर्शनीले ट्राभल ट्रेड सङ्गठनहरूबीचको सम्पर्क, छलफल गर्न र तीन देशको पर्यटन वृद्धि गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको पाटा नेपालका महासचिव नरेन्द्रदेव भट्टले बताए ।
प्रदर्शनीले पोखरालाई बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी आदि (माइस पर्यटन) का लागि आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव
-
शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आउनु दलहरूका लागि लज्जाको विषय : गगन थापा (भिडियोसहित)
-
पक्राउ पर्ने र अनुसन्धानको क्रम जारी छ : गृहमन्त्री लेखक
-
पाँच सार्वजनिक संस्थानको सम्पति सरकारको नाममा ल्याउन उच्च स्तरीय आर्थिक सुधार आयोगको सुझाव
-
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगियो
-
निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण