बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)

बुधबार, १४ फागुन २०८१, २२ : ३२
बुधबार, १४ फागुन २०८१

काठमाडौं । नबिल बैंकले फोन लोन अन्तर्गत ऋण लिएर नतिर्ने  ७४ व्यक्तिको नाम सार्वजनिक गरेको छ । बैंकसँग गरिएको कारोबारको इतिहासको आधारमा बैंकले विश्वास गरेर दुई लाख रुपैयाँसम्म बिना धितो ऋण दिएका ग्राहकले ऋण नतिरेपछि बैंकले नाम सार्वजनिक गरेको हो । 

खासगरी बैंकले विभिन्न संस्थामा काम गरी नियमित रुपमा बैंक पेरोलमार्फत् तलब भुक्तानी हुँदै आएका व्यक्तिलाई त्यस्तो रकमको आधारमा २ लाख रुपैयाँसम्म कर्जा दिँदै आएको थियो । यसका लागि बैंकसम्म जानु नपर्ने र धितो पनि नचाहिने व्यवस्था गरेको थियो । 

तर, त्यसरी ऋण लिएर तिर्न असमर्थ भएका व्यक्तिको नाम सार्वजनिक गर्दै ३५ दिनभित्र त्यस्तो कर्जा तिर्न बैंकले आग्रह गरेको हो । सो अवधिभित्र सम्पर्कमा नआएमा ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बैंकको रिपोर्टमा उल्लेख गरिएको छ ।  

bb
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप