सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरूबिच छेन्दुमा भेटवार्ता भएको छ । बुधवार कोइराला नेतृत्वको प्रतिनिधिमण्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरूबिच भेटवार्ता भएको हो ।
भेटमा आपसी सद्भाव र सहयोग अभिवृद्धिसँगै कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन लगायतका विषयमा गर्न सकिने सहकार्यबारे समेत छलफल भएको भेटमा सहभागी नेता बर्मा लामाले जानकारी दिए ।
नेतृ कोइरालाले लिखित मन्तव्य राख्दै चीन नेपालको एक असल छिमेकी भएको र चीनको चासोको विषयमा नेपाली कांग्रेस र नेपाल सरकार सदैव सचेत रहेको जानकारी गराइन् । उनले नेपाल र नेपालीको हित र विकासका लागि चीनले पुर्याउँदै आएको सहयोगको पनि सराहना गरिन् ।
नेता लामाले यो भेटले चिनियाँ कम्युनिस्ट पार्टी र कांग्रेसबिचको सम्बन्ध अझै बलियो बनाउन मद्दत पुग्ने बताए । भेटमा कांगेसका १५ जना नेता सहभागी थिए । चीनको तर्फबाट सीपीसी सिचवान प्रान्तका स्थायी कमिटी सदस्य पुबु डुन्झु, सीपीसी सिचवानकै विदेश विभाग निर्देशक झाङ फेन लगायत ८ जना नेता सहभागी थिए ।
चिनियाँ नेताहरूले नेपालसँगको सांस्कृतिक सहकार्य र विकासलाई पनि सँगसँगै अघि बढाउन इच्छा व्यक्त गरेका थिए । भेटवार्ताअघि कोइराला नेतृत्वको टोलीले सिचवानको प्रसिद्व म्युजियम र सांस्कृतिक क्षेत्रको अवलोकन गरेको थियो ।
कोइरालासहितको टोली चार दिन छेन्दुमा बसेर बेइजिङ पुग्नेछ । बेइजिङमा पनि चिनियाँ नेताहरूसँग सौहार्दपूर्ण भेटवार्ताको कार्यक्रम रहेको नेतृ कोइरालाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल