एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
बुधबार, १४ फागुन २०८१, २१ : २९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले बैठक आह्वान गरेको हो । संयोजक शेष घलेले उच्चस्तरीय समितिसहित एनआरएनए अभियन्ता, एनसीसीको संयुक्त बैठक बोलाएका हुन् ।
बिहीबार अपराह्न बस्ने बैठकमा मेम्बरसिप पोर्टल, मे ३ देखि ५ तारिखसम्म हुने एकताको महाधिवेशनलगायतका सम्पूर्ण विषयमा जानकारी प्रदान गरिने समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । भर्चुअल माध्यमबाट हुने बैठकमा उपस्थितिका लागि समितिले सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ ।
गत चैत २१ गते सर्वोच्च अदालतको फैसलाअनुसार बनेको समितिले एकताको महाधिवेशन गर्न तयारी गरिरहेको छ । तर, एनआरएनएकै एउटा समूहले भने घलेको नेतृत्वमाथि प्रश्न उठाउँदै आएको छ । जसका कारण संघभित्र अन्योलता भने रहेको अभियन्ताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार