बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : अलपत्र बन्यो अध्यादेश, एमसीसीका लागि चार विकल्प

बुधबार, १४ फागुन २०८१, २२ : ००
बुधबार, १४ फागुन २०८१

आज २०८१ फागुन १४ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।

  • सरकारसँग चार विकल्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार यतिबेला नेपालमा सञ्चालित एउटा महत्त्वपूर्ण सहयोग परियोजना रोकिएको छ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत २००४ देखि विभिन्न देशलाई प्रदान हुँदै आएको सहयोग ९० दिनका लागि स्थगित गरेको हो ।

  • गाँजाको व्यावसायिक खेती

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गाँजाको व्यावसायिक खेतीलाई वैधानिकता दिने बजेटको व्यवस्था कार्यान्वयनमा लैजाने तयारीबारे सरकारलाई प्रश्न गरे ।

  • संसदीय दलको विवाद

नेकपा(माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रयास असफल भएको छ । संसदीय दलको नेता खगराज भट्टलाई बनाउने केन्द्रको निर्देशन र परिपत्र कार्यान्वयन नभएपछि प्रचण्डले संसदीय दललाई बुधबार निजी निवास खुमलटार बोलाएका थिए । 

  • प्रधानमन्त्री किन आक्रोशित

मंगलबार नेपाल मेडिकल कलेजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली शिक्षकप्रति आक्रोशित बने । सेवा–सुविधा बढाउनुपर्ने, स्थायी गराउनुपर्ने जस्ता माग उठान गर्दै आएका शिक्षकप्रति ओली आक्रामक रूपमा प्रस्तुत भए । 

  • अर्धवार्षिक समीक्षा

 नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षाले खासै केही नयाँ व्यवस्था गरेको छैन । राष्ट्र बैंकले पुरानै व्यवस्थालाई निरन्तरता दिएको हो ।

  • रवि थापा मृत्यु प्रकरण

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा फागुन १२ मा काठमाडौँको कलंकीमा अचेत अवस्थामा भेटिए । धादिङको धुनिवेशी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा साथीको डेरामा अचेत अवस्थामा फेला परेका हुन् । 

  • पोखराको पानी

दुषित पानी पिउँदा मानिसमा विभिन्न खालका रोग लाग्न सक्छ । चिकित्सकहरूका अनुसार झाडापखाला, टाइफाइड, जन्डिसका साथै छाला सम्बन्धी विभिन्न रोग पानीकै कारण लाग्न सक्छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोगबाट बच्नु उत्तम उपाय हो भन्ने गरिन्छ । यद्यपि, पोखरा महानगरपालिकामा भने शुद्ध पानीको व्यवस्थामा सम्बन्धित निकायको बेवास्ता देखिन्छ ।

  • अध्यादेश अलपत्र

सरकारले विभिन्न मितिमा जारी गरेर संघीय संसद्‍मा पेस गरेका ६ वटा अध्यादेश एक महिनासम्म अलपत्र परेका छन् । 

  • महाशिवरात्रि/सेना दिवस

भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा बुधबार मुलुकभर सेना दिवस मनाएको छ । 

यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप