धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश

उदयपुर । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन व्बाइज क्लब काठमाडौँ फाइनल प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनल खेलमा एनएस फुटबल क्लब धरानलाई ४–२ गोल अन्तरले पराजित गर्दै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौँलाई फाइनलमा पु¥याउन जर्सी नम्बर ३ का सौराज राउतले ह्याट्रिक गरे । त्यसैगरी जर्सी नम्बर २ का सन्तोष न्योपानेले काठमाडौँका लागि एक गोल गरेपछि काठमाडौँको गोल सङ्ख्या ४ पुगेको हो । पहिलो हाफ बराबरी खेलेको धरानले दोस्रो हाफको १३औँ मिनेटमा तप्पन कार्कीको गोलबाट अग्रता लिएको थियो । लगत्तै काठमाडौँका लागि सौराजले गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि सौराजले पुनःगोल गर्दै २–१ अन्तरमा ल्याए । लगत्तै धरानका लागि तप्पनले नै गोल गरेर बराबरी बनाए पनि खेलको अतिरिक्त समयमा सौराज र सन्तोषले १–१ गोल गरेपछि धरानलाई काठमाडौँले ४–२ को अन्तरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको ‘म्यान अफ दी म्याच’ह्याट्रिक पूरा गरेका सौराज राउत घोषित भए । उनले नगद रु तीन हजारका साथमा मेडल प्राप्त गरे । बिहीबार दोस्रो सेमिफाइनलमा वीरगञ्ज युनाइटेड र सलहेस युथ क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्नेछ, भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछ ।
आठ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुनेछ । कटारी नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु