राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
_N0Uj0TFzjE.png)
काठमाडौँ । राप्रपाको भ्रातृ संगठन प्रजातान्त्रिक युवा संगठनले बुधबार विरोध प्रदर्शन गरेको छ । गणतन्त्रको विरोध राजसंस्थाको पक्षमा संगठनले राँके जुलुससहित साँझ सुकेधाराबाट चाबहिलसम्म प्रदर्शन गरेको हो ।
सो क्रममा राजतन्त्रको पक्षमा चर्को नाराबाजी गरिएको थियो । यस्तै कांग्रेस नेता रामहरि खतिवडाले दिएको अभिव्यक्तिको समेत सो विरोध गर्दै उनको पुत्ला समेत जलाइएको थियो ।
खतिवडाले केही दिनअघि ‘हामी राजालाई बम हान्ने पार्टीका कायकर्ता हौँ’ भन्दै अभिव्यक्ति दिएका थिए । यस्तो अभिव्यक्ति दिएर खतिवडाले पूर्वराजालाई धम्क्याउने काम गरेको केन्द्रीय आन्दोलन परिचालन समितिका सदस्य राजु लोहनीले आरोप लगाए ।
उनले पूर्वराजालाई जिस्क्याउने काम बन्द चेतावनी दिँदै नवीन समझदारीबाट राजालाई पनि ठाउँ खाली गरिनुपर्ने धारणा राखे । उनले चैतका लागि राप्रपाले आन्दोलनको बिगुल फुकिसकेको भन्दै अहिलेको व्यवस्था विफल भएकाले राजतन्त्रको विकल्प नभएको तर्क गरे ।
यस्तै युवक संगठनका सदस्य सचिव नीराजन बमले राजा फर्काउनुको विकल्प नभएको बताए । कार्यक्रममा लोहनी र बमसहितका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व सम्पदा दिवस : व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी