बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल

बुधबार, १४ फागुन २०८१, २० : १३
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थालेको दाबी गरेका छन् । 

उनको द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन गुमाउन पुगेको र सोही कारण उनमा छटपटाहट बढेको पोखरेलको दाबी छ । 

‘वास्तवमा सरकारको नेतृत्वमा रहँदा पुष्पकमल दाहाल प्रचण्डले अवलम्बन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो’, उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिवेला तीव्र निराशा र छटपटाहट देखिन थालेको छ ।’

साँच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्ने हो राजनीतिक ध्रुवीकरणको बाटोमा जानु आवश्यक रहेको उनको भनाइ छ । 

त्यसका लागि अव आउने चुनावमा सबै राजनीतिक दलले गठबन्धन विना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नुपर्ने पोखरेलको धारणा। यस्तो भएमा कथित ‘म्याजिक नम्बर’ को नाममा साना दलले ठुला दलहरूमाथि शासन गर्ने स्थित अन्त्य हुने समेत उनले बताए । प्रचण्डले अब सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा कांग्रेस र एमाले ठुला भएको टिप्पणी गरेको समेत पोखरेलको जिकिर  छ । 

481916693_1404345804312133_3516949759537367674_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप