अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
बुधबार, १४ फागुन २०८१, १९ : ५९

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भए पनि दुवै टोली गोल गर्नबाट चुकेको थियो । नेपालले गोलका लागि राम्रो अवसर गुमाएको थियो ।
दोस्रो हाफको ६१ औँ मिनेटमा म्यानमारले खेलमा अग्रता लियो । यू पर खियाङले टोलीका लागि पहिलो गोल गरिन् । दुई मिनेटपछि म्यानमारले अर्को गोल थप्यो । विन थिङयी टुनकौ प्रहार नेपाली खेलाडीलाई लाग्दै जाली चुम्न पुगेको थियो ।
त्यसपछि कुनै गोल हुन सकेन र म्यानम्यारले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
यसअघि समूह चरणको खेलमा पनि दुई टोली भिडेका थिए । सो खेल २–२ को बराबरीमा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचनः काठमाडौँमा खस्यो ७६ प्रतिशत मत, चैत २५ पछि मतगणना
-
राहुलको शानदार ब्याटिङ, चेन्नईले पायो १ सय ८४ रनको लक्ष्य
-
भारतले दिएको कोटाको गहुँ आयात गर्न चासो देखाएनन् व्यवसायीले
-
कामपाको सामुदायिक विद्यालयमा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड
-
ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन
-
चिताभित्र सेलाएको लास