बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट

बुधबार, १४ फागुन २०८१, १९ : ४७
बुधबार, १४ फागुन २०८१

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवमा आत्मिक जागरण अपरिहार्य भएको बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहको उद्घाटन गर्दै उनले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताए ।

विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको बताउँदै उनले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने उल्लेख गरे । मानवमा शान्त र सकारात्मक मन, सबल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ठुलो योगदान गरेको प्रदेश प्रमुख भट्टको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले संस्कार र संस्कृति   पहिचान भएकाले यसलाई भुल्न नहुने आवश्यकता औँल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप