बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

कार्य प्रगतिमा कृषि मन्त्रालय नवौँ स्थानमा

बुधबार, १४ फागुन २०८१, १९ : १२
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय नवौँ स्थानमा परेको छ । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको पुससम्मको कार्य प्रगतिका आधारमा कृषि मन्त्रालय सो स्थानमा परेको हो । 

मन्त्रालयले कुल ९२ मध्ये पुस मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने १७ काममा १० वटा सम्पन्न गरिसकेको छ । मन्त्रालयको सामाजिक क्षेत्रका माइलस्टोनको समीक्षामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रालयले ५८ दशमलव ८ प्रतिशत प्रगति हासिल गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप