बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिल्मको घोषण

महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा

बुधबार, १४ फागुन २०८१, २२ : ३१
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । आज महाशिवरात्रिको अवसर पारेर पाँच वटा नेपाली फिल्मको घोषण तथा छायांकन सुरु भएको छ । 

आज घोषणा भएका फिल्ममा वरिष्ठ कलाकार, निर्माता, निर्देशक अशोक शर्माको ‘डबल ट्रिपल’ र रिमेश अधिकारीको ‘योगमाया’ हुन् ।

त्यस्तै मुर्हूत भएका फिल्ममा नवनिर्देशक एकता पौडेलको ‘हर्ष’, ‘पूर्णबहादुरको सारंगीका’का निर्देशन सरोज पौडेलको ‘कोसेढुङ्गा’, निर्देशक ऋषि लामिछानेको ‘माग्नेराजा’ रहेका छन् ।

आजैबाट छायांकन सुरु गर्ने फिल्म भने ‘कोसेढुङ्गा’ र ‘माग्नेराजा’ हुन् । यी दुई फिल्म आजै शुभमुर्हूत गर्दै छायांकनमा निस्किएका हुन् ।

कलाकार र रिलिज 

‘डबल ट्रिपल’, ‘योगमाया’ घोषणा मात्र भएका छन् । फिल्मको छायांकन कहिलेबाट भन्ने टुंगो छैन । तर रिलिज भने तोकिएको छ । ‘डबल ट्रिपल’ आगामी दसैँलाई रिलिज मिति भनिएको छ भने ‘योगमाया’को पनि २०८२ भित्र रिलिज हुने बताएको छ । 

‘डबल ट्रिपल’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । 

फिल्मको बजेट अहिले बताइएको छैन । फिल्म किरण शर्मा पौड्याल, कृति शर्मा, अंकित शर्माले बनाउन लागेका हुन् ।

त्यस्तै, ‘योगमाया’ राणा शासनविरुद्ध आवाज उठाउँदै ६७ जना अनुयायीसहित जल समाधि लिने भोजपुरकी नेपाली महिला योगमाया न्यौपानेको कथामा निर्माण हुन लागेको हो । नवराज बस्नेत, भरत संग्रौला, ईश्वर कुमार श्रेष्ठ, माधव थापालगायत समूहले निर्माण गर्न लागेको फिल्म बजेट अहिले उल्लेख भएको छैन । 

फिल्ममा बेनिशा हमाल, लय संग्रौला, रमेश बुढाथोकी, मोहन निरौला, दिनेस डिसी, शिवशंकर रिजाल, विशाल पहारी, मनोज शाक्य, बालकलाकार पोसन श्रेष्ठ लगायत कलाकारको अभिनय रहनेछ ।

मर्हूत भएका तीन फिल्ममध्ये ‘माग्नेराजा’ले सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरेको हो । काभ्रेको बल्थलीबाट छायांकन सुरु गरेको फिल्म रलिज मिति आगामी हरितालिका तीज बताइएको छ । 

एउटा गरिबको धनि बन्ने महत्वकांक्षाको कथामा निर्माण हुन लागेको फिल्मका निर्माता मुनाल घिमिरे हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई र शिशिर वाङ्देल लगायतको मुख्य भूमिका रहनेछ । फिल्म निर्माण नसकिएसम्म बजेट भन्न नसकिने निर्देशक लामिछाने बताउँछन् ।

‘कोशेढुंगा’ले पनि आजैबाट छायांकन सुरु गरेको हो । ललिपुरको च्यासल छायांका सुरु गरेका फिल्मका प्रेविल कँडेल र किशोर अनुराग हुन् ।

फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनालको अभिनय रहने फिल्म २०८२ भित्र रिलिज हुने बताइन्छ । फिल्मको बजेट भने उल्लेख गरिएको छैन ।

यस्तै, आज शुभमूहूर्त भए पनि फिल्म ‘हर्ष’ १७ गतेबाट फ्लोरमा निस्कनेछ । खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित लगायतका कलाकारको अभिनय रहने फिल्मको प्रशन्न पौडेल र विकास पौडेल (चितवन) निर्माता हुन् । फिल्मका बजेट अहिले भन्न नसकिने बताइएको फिल्म रिलिज भने २०८२ सालभित्र गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप