अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले ३२ वर्ष उमेर हद्दका कारण अवकाश पाएका अनेरास्ववियु (क्रान्तिकारी) का नेताहरूलाई जिम्मेवारी पाएका छन् । अवकाश प्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापनका लागि उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा बसेको तीन सदस्यीय कार्यदलको सिफारिसको आधारमा पार्टीले जिम्मेवारी तोकेको महासचिव देव गुरुङले सम्बन्धित प्रदेशलाई परिपत्र पठाएका हुन् ।
यसरी जिम्मेवारी पाउनेमा निवर्तमान उपमहासचिवहरू खगेन्द्र सुवेदी, बद्री चुँडाल, ताजिम अन्सारी, प्रजिन हाङवाङ, इन्द्र बिस्ट, सुमन थुलुङ राई, हेमन्त किराँती लगायतले सम्बन्धित प्रदेशका सचिवालय सदस्यको जिम्मेवारी पाएका छन् । किराँती माघ १२ गते भएको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए ।
यसैगरी निवर्तमान सचिवहरूले सम्बन्धित प्रदेश सदस्यको जिम्मेवारी पाएका छन् । यसअघि अवकाशप्राप्त उपाध्यक्ष र महासचिवले सम्बन्धित प्रदेशको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका थिए ।
क–कसले पाए जिम्मेवारी ?