अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
बुधबार, १४ फागुन २०८१, १७ : ०३

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ को फाइनल खेल आज हुँदैछ । आयोजक नेपाल र म्यानमारबिच उपाधि भिडन्त हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित फाइनल खेल दशरथ रङ्गशालामा साँझ १८ः०० बजे सुरु हुनेछ । अहिले खेल हेर्नका लागि दशरथ रंगशाला भरिभराउ भएको छ ।