बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

भीमबहादुर तामाङको स्मृतिमा भलिबल प्रतियोगिता

बुधबार, १४ फागुन २०८१, १६ : ०७
बुधबार, १४ फागुन २०८१

दोलखा । नेपाली कांग्रेसका नेता स्व भीमबहादुर तामाङको १३औँ स्मृति दिवसको अवसर पारेर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । कांग्रेस दोलखा प्रदेश ‘क’ले आयोजना गर्ने प्रतियोगिता चैत १३ गते सुरु हुनेछ । 

कांग्रेस दोलखा प्रदेश क्षेत्र नम्बर ‘क’का सभापति शुक्रराज तामाङका अनुसार बैतेश्वर गाउँपालिका–२ मिर्गे लहरेमानेमा हुने प्रतियोगिता हुनेछ। 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।  

प्रतियोगिता अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने तामाङले जानकारी दिए । प्रतियोगिता चैत १६ गते सम्पन्न हुनेछ ।

c

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप