आईसीसीको नयाँ एकदिवसीय वरीयतामा पछि परे नेपाली खेलाडी

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा भारतीय ब्याट्सम्यान विराट कोहली एक स्थान माथि उक्लिएका छन् । पछिल्लो ब्याटिङ वरीयतामा विराट पाँचौँ स्थानमा छन् । यसअघि उनी छैटौँ स्थानमा थिए ।
पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पनि भारतका युवा ब्याट्सम्यान शुभमन गिल पहिलो स्थानमा आसिन छन् । पाकिस्तानका पूर्वकप्तान बाबर आजम दोस्रो स्थानमा छन् । भारतीय टोलीका कप्तान रोहित शर्मा तेस्रो स्थानमा छन् ।
यसैगरी, दक्षिण अफ्रिकाका हेनरिक क्लासेन चौथो र न्युजिल्यान्डका ड्यारल मिचेल छैटौँ स्थानमा छन् । मिचेल यसअघि पाँचौँ स्थानमा थिए । वरीयतामा नेपाली ब्याट्सम्यानहरु भने तल झरेका छन् । नेपालका आसिफ शेख ८७औँ स्थानमा छन् । उनी विगतको तुलनामा तीन स्थान तल झरेका हुन् ।
अर्का नेपाली ब्याट्सम्यान कुशल भुर्तेल ८९औँ स्थानमा छन् । उनी विगतको तुलनामा दुई स्थान तल झरेका हुन् । नेपाली टोलीका कप्तान रोहित पौडेल भने ९२औँ स्थानमा छन् । अघिल्लो वरीयतामा उनी ९०औँ स्थानमा थिए ।
यसैगरी, पछिल्लो एकदिवसीय बलिङ वरीयतामा पाकिस्तानी बलर साहिन शाह अफरिदी एकैपटक पाँच स्थान तल झरेका छन् । नयाँ बलिङ वरीयतामा उनी नवौँ स्थानमा छन् । यसअघि उनी चौथो वरीयतामा आसिन थिए ।
पछिल्लो बलिङ वरीयतामा श्रीलंकाका महिश थिक्सना नै पहिलो स्थानमा छन् । दोस्रो स्थानमा अफगानिस्तानका राशिद खान र तेस्रो स्थानमा भारतका कुलदीप यादव छन् । चौथो स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज र पाँचौँ स्थानमा नामिबियाका बेनार्ड स्कोल्ज छन् ।
बलिङ वरीयतामा पनि नेपाली बलरहरु तल झरेका छन् । नेपालका सन्दीप लामिछाने ४८औँ स्थानमा छन् । उनी विगतको तुलनामा एक स्थान तल झरेका हुन् । अर्का नेपाली बलर ललित राजवंशी पनि तीन स्थान तल झरेका छन् । पछिल्लो वरीयतामा उनी ५५औँ स्थानमा छन् ।
यसैगरी, एकदिवसीय अलराउन्डरतर्फको वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी पहिलो स्थानमै यथावत छन् । दोस्रो स्थानमा जिम्बाबेका सिकन्दर राजा, तेस्रो स्थानमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई, चौथो स्थानमा बंगलादेशका मेहदी हसन मिराज र पाँचौँ स्थानमा अफगानिस्तानका रासिद खान रहेका छन् ।
अलराउन्डरतर्फको वरीयतामा पनि नेपाली खेलाडीहरू तल झरेका छन् । नेपाली खेलाडी सोमपाल कामी ५८औँ, दीपेन्द्रसिंह ऐरी ५९औँ र सन्दीप लामिछाने ६०औँ स्थानमा छन् । उनीहरू विगतको तुलनामा एक–एक स्थान तल झरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता